गुजरातमा फुटपाथमा सुतेका १३ मजुदरको ट्रकले किचेर मृत्यु

नयाँदिल्ली । भारतको गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ । १२ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको हो । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ । … Continue reading गुजरातमा फुटपाथमा सुतेका १३ मजुदरको ट्रकले किचेर मृत्यु